बैंगलोरलाई दिल्लीको १८८ रनको लक्ष्य पेश

बैंगलोरलाई दिल्लीको १८८ रनको लक्ष्य पेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स बैंगलोरलाई १८८ रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८७ रन जोड्यो । दिल्लीको लागि शिखर धवन ५० र श्रेयर अयरले ५२ रन बनाए। धवन र अयरले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।

दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोड्यो। उसका सर्फाने रुथफोर्डले १३ बलमा अविजित २८ र अक्सर पटेलले ९ बलमा अविजित १६ रन जोडे। यो खेलका लागि दिल्लीको टोलीमा सन्दीप फर्किएका छन्। उनलाई प्लेइङ-११ मा समावेश गरिएको हो।

Logo