प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा जलविहार स्टिमरको डुङ्गा चल्न थालेपछि मानिसको मस्तिष्कमा झट्का लागेको बताएका छन् । राष्ट्रिय योजना आयोगको आइतबार बसेको पूर्ण बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने दाबी गरे ।
आयोगका अध्यक्षसमेत रहेका ओलीले भने, “हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहनेछैनन् । केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।”
प्रधानमन्त्री ओलीले चुनढुङ्गा उत्खनन गरेर सिमेण्टमा आत्मनिर्भर भई भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने तथा अन्य मुलुकका निर्यात गर्न सकिने धेरै सामग्री उत्पादनको आधार तयार गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा निकै सुधार आएको र जमीन बाँझो राख्ने परम्परा अन्त्य हुन थालेको बताए ।
हेर्नुहोस भिडियो रिपोर्ट





























प्रतिक्रिया