चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अरर्बाैको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवाहरुलाई आह्वान गरेकी छन् ।
चलचित्र निर्मात्री समेत रहरकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन् । आईतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिव ४० अरव पूँजीगत लाभकर बुझाउन बाँकि रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन् । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरे । उनले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको पनि स्पष्ट पारे ।
एनसेलले हाल करिव ४० अरव पूँजीगत लाभकर असुली गर्न बाँकी छ । तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दवाव दिँदै आएका छन ।





























प्रतिक्रिया