१४ वर्षीय छोराद्वारा बुबाको हत्या

१४ वर्षीय छोराद्वारा बुबाको हत्या

केन्द्रबिन्दु
0
Shares

धनकुटामा एक १४ वर्षीय किशोरले आफ्नै बुवाको हत्या गरेका छन् ।

शहीदभूमि गाउँपालिका ४ पिप्लेमा विज्ञान राईले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेका हुन् । बेलुका साढे ७ बजे विवाद हुँदा उनले हत्या गरेको प्रहरी चौकी आँखीसल्लाले जनाएको छ ।

विज्ञानलाई पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले घटनाबारे अनुसन्धान भइरहेको बताएको छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा लगिएको छ ।

Logo