यू-१६ क्रिकेट: नेपालले मलेसियालाई दियो १४१ रनको चुनौती

यू-१६ क्रिकेट: नेपालले मलेसियालाई दियो १४१ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता नेपालले मलेसियालाई १४१ रनको चुनौती दिएको छ । थाइल्याण्डमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनाएको हो ।

२० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट गुमायो । सुसान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दिपक बोहोरा २३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो ।रोहन नौ रनमा आउट भए भने विशालकुमार पटेल दुई रनमा आउट भए ।

त्यस्तै प्रशान्त महत ४० रनमा पेभेलियन फर्किए भने क्रिस कार्की नौ रनमा आउट भए।  त्यस्तै निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए ।

Logo