भिडियोमा हेर्नुहोस खुल्लामञ्चमा कसरी चल्यो डोजर ?

भिडियोमा हेर्नुहोस खुल्लामञ्चमा कसरी चल्यो डोजर ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । खुल्लामञ्चमा बनाइएको सटरहरु भत्काईएको छ । जनस्तरबाट चर्को विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिवार उक्त सटरहरुमा डोजर चलाएको हो । महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको नगरप्रहरी सहितको टोलीले सटरमा डोजर लगाएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गत चैत्र २४ गते नै उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन तयार पार्ने जिमा दिएका थिए । तर प्रतिवेदन नदिएको आरोप उपमेयरमाथि लगाए । उनले प्रतिवेदन नदिएपछि अब अवैध सटरहरुमाथि डोजर लगाउने बताएका थिए । मेयर शाक्यले उक्त चेतावनी दिएको भोलिपल्ट नै डोजर लगाईएको हो ।

डोजर लगाउँदा स्थानीय निकै आक्रोशित बनेका थिए । डोजर लगाईएको क्षेत्रको अनुगमनको लागि गएकी उपमेयर खड्गीमाथि व्यापारीले आक्रमणको प्रयास गरे । उपमेयर खड्गीलाई प्रहरीले सुरक्षा प्रदान गरेको थियो । उनी केहि दिन अघि अनुगमनमा गएर केही हुँदैन् भन्दै आश्वासन दिएर फर्किएकी थिईन् ।

Logo