विष्णु पौडेलले किनेको जग्गा वैधानिक, जफत हुँदैन- मन्त्री अर्याल

विष्णु पौडेलले किनेको जग्गा वैधानिक, जफत हुँदैन- मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेको जग्गा वैधानिक भएको बताएकी छन्।

शनिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले पौडेलले छोराका नाममा किनेको जग्गा कित्ताकाट भएर मोही समेत कायम रहेको जग्गा भएको दावी गरिन्।

‘विष्णु पौडेलका छोरा नवीन पौडेलसित जोडिएको आएको जग्गाको विषयमा हामीले अध्ययन गर्यौं। उहाँले जुन जग्गा किन्नुभएको छ, त्यो मोही किटान भएर मोही साविक भएको, मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिको रुपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ’, उनले भनिन, ‘कित्तकाट भएर साविक मोहीसमेत कायम भएको जग्गा जफत हुँदैन।’

मन्त्री अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर शुक्रबारदेखि रोक्का गरिएको बताइन्।  मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको पनि सुरुवात हुने विश्वास दिलाइन् ।

Logo