हुम्ला

अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । "/>

हुम्लामा अज्ञात रोगबाट ८ जनाको मृत्यु

हुम्लामा अज्ञात रोगबाट ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हुम्ला

अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० बर्षिया कुशुमा रीठाल र ६० बर्षिया सुरजीत खड्का, वडा नम्बर २ का ५५ बर्षिय रंगे कोली र ५ बर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० बर्षिया अम्मकली मल्ल, ७५ बर्षिया बज्जीरे सुनार, ५५ बर्षिया लक्ष्य सुनार र १० महिनाका बालक सन्जीब थापा रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए।

रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए।

एक हप्ता अगाडि पानी परेपछि अज्ञात रोगका कारण मान्छेको मृत्यु हुन सुरु भएपनि रोग पहिचान गर्न सकिएको छैन। गाउँमा सिजनल फुल्वु हुनसक्ने शंका गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु शाहीले बताए।

अज्ञात रोगका कारण १ जनाको चैत २६ गते र अन्यको बैशाखमा गरी अहिलेसम्म ८ जनाको मृत्यु भएको र स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि नभएको र भएको पनि सकिएको अहेव जैशीले बताए। मृत्यु हुने सबैमा श्वासप्रश्वास र दमको समस्या रहेको उनको भनाई छ।

नागरिकबाट

Logo