यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव ३१ हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।





























प्रतिक्रिया