चीर प्रतिद्धन्दि म्यानचेष्टर युनाइटेडलाई दुइ–शुन्य गोलले पराजित गर्दै म्याननचेष्टर सिटी इङलिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा सिटीले उत्कृष्ट खेल पस्कदै उपाधी होडमा आफुलाइ अग्र स्थानमा उभ्याउन सफल भएको हो ।
प्रिमियर लिगको शिर्ष चार टोलीभित्र पर्न संघर्षरत युनाइटेडविरुद्ध सिटीले खेलको दोस्रो हाफमा अग्रता लिएको थियो । ५४औं मिनेटमा बर्नार्डो सिल्भाले गोलल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि लिरोय सानेले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।
जितपछि ३५ खेलबाट ८९ अंक बटुल्दै सिटी शिर्ष स्थानमा उक्लियो । दोस्रो स्थानमा रहेको लिभरपुलको ३५ खेलबाटै ८८ अंक छ । हारपछि युनाइइटेडको शिर्ष चारमा पुग्ने सपनामाथी धक्का लागेको छ । पछिल्ला नौ खेलमा युनाइटेडको यो सातौं हार हो । सिटीले लगातार ११ प्रिमियर लिग खेलमा जित हासिल गरेको छ । सिटिले एकै सिजन सबैभन्दा बढी गोल गर्ने आफ्नै रेकर्ड पनि तोडेको छ ।
सिटीले यो सिजन सबै प्रतियोगितामा गरि १ सय ५७ गोल गरिसकेको छ । यसअघि, सन् २०१४ को सिजनमा सिटीले सर्वाधिक १ सय ५६ गोल गरेको थियो । यो सिजन सिटीले प्रिमियर लिग सिजनमा तीन र एफ ए कप फाइनलको एक गरि अब चार खेल खेल्न बाँकी छ ।





























प्रतिक्रिया