‘सरी ! बारपाक’- बाबुराम भट्टराई

‘सरी ! बारपाक’- बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा भूकम्पको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको टिप्पणी गरेका छन्  ।

चार बर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको स्मरण गर्दै नेता भट्टराईले बारपाकसंग माफी पनि मागेका छन्। उनले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘विनाशकारी भूकम्पको केन्द्र बारपाकको पुनर्निर्माणपछि खुशी र दुःखको अनुभूति एकैसाथ भैरहेछ । बारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु । तर, यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौं त ! घले, गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो ! हामी चुक्यौं ।’ ट्वीटको अन्त्यमा उनले ‘सरी बारपाक’ लेखेका छन् ।

२०७२ वैशाख १२ गतेको गोरखाको बारपाक केन्द्र भएर ७.६  रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घर बनिसकेका छन् ।

 

Logo