नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटीहरु नेतृत्व गठनमा आफ्नो केही गुनासो नभएको बताएका छन्।
मदन भण्डारी स्मृति वाटिका स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले जिल्ला कमिटी नेतृत्व सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेको बताएका हुन् ।
‘‘पार्टी एकताको जुन काम भएको छ, त्यो सबैको सहमतिमा भएको छ’, उनले भने, ‘जिल्ला कमिटी मसँगको सहमतिमै भएको हो । सहमति भन्दा तलमाथि भएको छैन, ठिक ढंगले भएको छ । नभए त म बोली हाल्छु नि फेरि ।’
नेकपा स्थापना दिवसको दिन आयोजिक कार्यक्रमलाई बिचमै छोडेर नेता नेपाल बाहिरिएपछि उनको असन्तुष्टि रहेको समाचारहरु सार्वजनिक भएका थिए ।





























प्रतिक्रिया