४५ हजार कर्मचारीका गुनासै गुनासा

४५ हजार कर्मचारीका गुनासै गुनासा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजार भन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् ।

वैशाख ५ गतेसम्ममा सो संख्यामा गुनासो दर्ता भएको बताइएको छ । मन्त्रालयले गुनासो सुन्नका लागि सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन÷तीन जना गरी ६ जना कर्मचारी राखिएको छ ।

गुनासो दर्ता गर्ने समयावधि भने वैशाख ५ गते बिहीबार सकिएको छ । चित्त नबुझेका विषयमा इमेल तथा भाइबरमार्फत पनि गुनासो दर्ता गरिएको थियो । मन्त्रालयमा आफै उपस्थित भई बुझाउन नसक्ने अवस्थामा इमेल तथा भाइवरमा पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयका सहसचिव तथा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिका संयोजक रूपनारायण भट्टराईले जानकारी दिनुभयो ।

यसअघि नै समायोजन सूची सार्वजनिक भई समायोजनमा चित्त नबुझेका कर्मचारीहरूको हकमा यसअघि नै गुनासो दर्ता गराउने समय सकिएको छ । स्वास्थ्य तथा प्राविधिक इन्जिनियरको समायोजन सूची ढिला प्रकाशन भएपछि उनीहरूका लागि गुनासो टिपाउन मन्त्रालयले गुनासो दर्ता गराउने समय थप गरेको हो ।
नेपाल समाचारपत्रबाट

Logo