श्रीमती हत्या गर्ने डाक्टर जेल चलान

श्रीमती हत्या गर्ने डाक्टर जेल चलान

केन्द्रबिन्दु
0
Shares

कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले डाक्टर डा. सचितानन्द यादवलाई र्पुपक्षका लागि जेल चलान गरेको छ । पर्सा जिल्ला अदालतका न्याधीस चन्द्रकान्त पौडेलको इजलासले डा. यादवलाई पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको हो ।

नारायणी अस्पतालका चिकित्सक डा. यादवको कुटाइबाट सिकिस्त भएकी सुनिता यादवको उपचारको क्रममा गत चैत्र १५ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

मृतक सुनिताको माइती पक्षले दाइजो नदिएकोमा सुनितालाई, श्रीमान सहितका सासु ससुराले गत चैत्र ६ गते राति कुटपिट गरी गम्भिर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएको भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

Logo