निर्मला काण्डमा प्रहरीलाई कारवाही गर्दा पनि सुःख पाईएनः आईजीपी (भिडियो)

निर्मला काण्डमा प्रहरीलाई कारवाही गर्दा पनि सुःख पाईएनः आईजीपी (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि आफूले सुःख नपाएको गुनासो गरे ।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्याकाण्डको अनुसन्धान भईरहेको स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दावी गरे । उनले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने दावी गरे ।

Logo