देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
पत्रकारसँग आइजिपीको गुनासो- ‘मागेको नदिए समाचार लेख्छन्’
प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आज पत्रकार सम्मेलन गरेर गुनासो र कामहरुको फेहरिस्त सार्वजनिक गरेका छन्। हालै पक्राउ परेका पत्रकारको बारेमा गरिएको प्रश्नमा महानिरिक्षक खनालले भने, ‘हामीलाई प्रहरी भर्सेस पत्रकार बन्नु छैन।’ केन्द्रीय अनुसन्धान ब्युरोले केही समय अगाडि पक्राउ गरेका पत्रकार सम्बन्धित अनलाइन दर्ता नभएको कारणले मात्र नियन्त्रणमा लिएको महानिरिक्षक खनालले दाबी गरे।
नेकपा जिल्ला अध्यक्षमा ३ जना मात्र महिला
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रकृया टुग्याएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि एकता प्रकृया टुंगिएको हो । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा पार्टी एकताको सबै प्रकृया टुंगिएको घोषणा गरिएको छ । नेकपाले ७७ वटै जिल्लाको जिल्ला अध्यक्ष र सचिवहरुको नामावली सार्वजनिक गरेको छ । तत्कालिन एमालेले ४४ जिल्ला र तत्कालिन माओवादी केन्द्रबाट ३३ जिल्ला अध्यक्षको नेतृत्व पाएको छ । ७७ वटा जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्र महिला परेका छन् । नेकपा मकवानपुर, लमजुङ, काभ्रेपलाञ्चोकमा मात्र महिलाले अध्यक्षको जिम्मेवारी पाएका छन् ।
अन्तरिक्ष केन्द्रमा जोडियो नेपाली स्याटलाईट
अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाईट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।
तारा एयरको विमान दुर्घटना, सबै यात्रुको सकुशल उद्धार (अपडेट)
तारा एयरको विमान रामेछाप विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । तारा एयरको ‘नाइन एन-८८८ कल साइन’ भएको डोर्नियर विमान दुर्घटनामा परेको हो । सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९-एन एकेके कल साइनको विमान ‘ल्यान्डिङ गियर’ फेल भएर धावनमार्गबाट चिप्लिएको हो ।
नेकपा एकताः को-को भए जिल्ला अध्यक्ष र सचिव ? (सूचिसहित)
सत्तारुढ नेपाल क्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको पार्टी नेतृत्वको टुंगो लगाएको छ । पार्टी स्थापनाको ७० औं एकता दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको हो । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकतापछिको जिल्ला नेतृत्व टुंग्याएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्रीको निशानामा कांग्रेसदेखि ज्योतिषसम्म
कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि ज्योतिषसम्मलाई लक्षित गरि बक्तब्य दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले भने- गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ विकास देखिन्छ त ?
‘भारतीय रियालिटी शो’ मा प्रितम र आयुषले मच्चाए धुम, ‘कलकं’ टिमको प्रशंसा (भिडियो)
गणपति माइक्रोफाइनान्सको आईपिओ खुला
पालुङ खोलामा डुबेर एक जनाको मृत्यु
मृत्यु भएकाको नामबाट समेत सामाजिक सुरक्षाभत्ता !
नेकपा एकता: ३३ जिल्लामा पूर्व माओवादीको नेतृत्व, कुन जिल्लामा को ? (सूचिसहित)
ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च पुग्यो एनसेल
दाईजो नदिँदा १ वर्षमा ५ महिलाको हत्या
सूची हात पर्नासाथ किन बाहिरिए माधव नेपाल ?
श्रीलंकामा मृतकको संख्या २९० पुग्यो, २४ जना गिरफ्तार
आजको मौसम : साँझपख हुरीबताससहित पानी पर्न सक्ने
१३ सन्तानलाई ओच्छ्यानमै बाँधेर राख्ने आमाबाबुलाई २५ वर्ष जेल
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया