प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आज पत्रकार सम्मेलन गरेर गुनासो र कामहरुको फेहरिस्त सार्वजनिक गरेका छन्।
हालै पक्राउ परेका पत्रकारको बारेमा गरिएको प्रश्नमा महानिरिक्षक खनालले भने, ‘हामीलाई प्रहरी भर्सेस पत्रकार बन्नु छैन।’ केन्द्रीय अनुसन्धान ब्युरोले केही समय अगाडि पक्राउ गरेका पत्रकार सम्बन्धित अनलाइन दर्ता नभएको कारणले मात्र नियन्त्रणमा लिएको महानिरिक्षक खनालले दाबी गरे।
‘प्रेस काउन्सिलमा पत्र आउँदा दर्ता भएको छैन भन्ने आयो। दर्तामा नआएपछि प्रहरीले के हेरिरहेको छ भनेर प्रश्न तपाइहरुले पनि उठाउँदै आउनु भएको हो । पछि दर्ता भएको रहेछ भन्ने आएपछि उसलाई राखिरहनु हुन्न भनेर निर्देशन दिएको हुँ।’ उनले भने। महानिरिक्षक खनालले भने,’मलाई पनि केही पत्रकारले यो चाहियो उ चाहियो भनेर म्यासेज गरेका छन्। नदिएपछि समाचार समेत लेखेका छन्।’
आफूमाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि पोख्दै आइजिपी खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको बताए । प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए ।
विप्लवलाई किन समात्न नसकेको भन्ने एक प्रश्नमा आइजीपी खनालले भने, ‘‘देशभरबाट पक्राउ परिरहेकै छन् । प्रहरी सक्रिय छ बाँकी हेर्दै जानुस के-के हुन्छ ।’’ पछिल्लो एक वर्षमा विध्वशांत्कम कार्यमा संलग्न एक सय १४ जना पक्राउ गरिएको हो ।
प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रणाण नपुगेको कारण कारबाही गर्न नसकिएको बताए ।





























प्रतिक्रिया