आजको मौसम : साँझपख हुरीबताससहित पानी पर्न सक्ने

आजको मौसम : साँझपख हुरीबताससहित पानी पर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आजपनि देशभरका धेरै ठाउँको मौसम बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीय वायुको प्रभावले मौसम बदली भएपनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्को अनुमान छ ।

यसैबीच दक्षिण एसियामा आउँदो वर्षको मनसुनमा मौसमी अवस्था कस्तो रहन्छ भन्ने बारेमा अध्ययन गर्न साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ) को बैठक काठमाण्डौमा बस्दैछ । कुपण्डोलमा हुने बैठकमा नेपालसहित दक्षिण एसियामा मौसम र जलवायुको क्षेत्रमा काम गरिरहेका व्यक्ति सहभागी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Logo