प्रहरीको सलाम खाँदै गाँजा तस्करी !

प्रहरीको सलाम खाँदै गाँजा तस्करी !

केन्द्रबिन्दु
0
Shares

हेटौंडा
अवैध गाँजा निकासी गर्न लागेको कारको नम्बर प्लेटमा ‘भारतीय सचिव’ लेखिएको पाइयो । ‘सचिव’ लेखिएकोले प्रहरीले सजिलैसँग भारतीय भीआईपी भनेर बुझे । केही प्रहरीले भीआईपी भनेर सलाम पनि ठोके ।

तर बुझ्दै जाँदा गाँजा ओसार्ने शैली परिवर्तन गरिएको जानकारी पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

फरक तरिकाले गाँजा निकासी गर्न लागेको तथ्य थाहा पाएपछि ‘भारतीय सचिव’ लेखिएको कार प्रहरी नियन्त्रणमा आयो । यसअघि कतिपटक गाँजा ओसार्ने क्रममा चौकीपिच्छे प्रहरीले सलाम खाएर गाँजा निकासी गरे होलान् भनेर अहिले पो थाहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी बताउँछन् ।

मकवानपुरका बिकट गाउँमा उत्पादित गाँजा भारत निकासी गर्दा तस्करले फरक शैली प्रयोग गर्न थालेका यसले प्रष्ट पारेको छ । एकपछि अर्को शैली परिवर्तन गर्दै गाँजा निकासी गर्ने गरिएको रहस्य हेटौंडामा खुलेको हो ।

पछिल्लो समय भारतीय साना गाडीबाट मकवानपुर प्रहरीले गाँजा बरामद गर्दै आएको छ । तर ती सबै शैली फरक देखिएका छन् । हेटौंडा–१९, तीनताप्केमा प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा बरामद गर्ने तस्करले आफू ‘सुरक्षित’ हुन फरक शैली अपनाएको पाइएको छ ।

भारतीय बीआर ३१ एम ५०५१ नम्बर कारमा फल्स बटम बनाएर गाँजा निकासी गर्ने क्रममा एक भारतीय पक्राउ परे । भारतको बिहार जिल्ला वैशालीग्राम हसिकैवल वडा नम्बर–५ बस्ने ३२ वर्षीय अमरजित सिंहले भारत निकासी गर्न लागेको गाँजा बरामद गर्न प्रहरी सफल भयो ।

तीनताप्केस्थित सडकखण्डमा जाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कार जाँच गर्दा कारचालक सिंह, गाडी र गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कारको सिटमुनि फल्स बटम बनाएर लुकाइराखेको अबस्थामा ८ वटा पोकामा ४८ किलो ८ सय ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo