नेकपा एकता : प्रक्रिया मिचेर एकता टुंग्याइँदै छ – घनश्याम भुसाल

नेकपा एकता : प्रक्रिया मिचेर एकता टुंग्याइँदै छ – घनश्याम भुसाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तल्लो तहको एकता प्रक्रिया टुंग्याएको र आज औपचारिक घोषणा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बताएको छ । पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज वैशाख ९ गते एकता प्रक्रिया घोषणा गर्ने नेकपा नेतृत्वले जनाएको छ ।

यद्यपी नेकपाकै एक प्रभावशाली नेता घनश्याम भुसालले भने प्रक्रिया मिच्ने तयारी गरिएको भनेर असन्तुष्टि जनाएका छन् । उनले सचिवालय बैठकको निर्णयलाई स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने र त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने माग गरेका छन् ।

‘सचिवालयको बैठकबाटै घोषणा हुने सुनिएको छ । त्यो गलत हो । सचिवालयको निर्णयलाई स्थायी समितिको बैठकमा पेश गर्नुपर्छ । त्यहाँबाट केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ । बल्ल प्रक्रियाले पूर्णता पाउँछ । कुनैपनि चरणको छलफल भएको छैन । यसैपनि राजनीतिक, सांगठनिक निर्णय गर्ने अधिकार भएको समिति स्थायी समिति हो ।’ – घनश्याम भुसालले भने ।

पूर्व नेकपा (एमाले) का उप–महासचिव एवं हाल नेकपाका स्थायी सदस्य रहेका भुसालले सचिवालयले प्रक्रिया मिचेर शक्ति प्रदर्शन गर्न खोजेको आरोप पनि लगाए ।

उनले कुनै बेला अध्यक्षद्वयलाई दिइएको विशेषाधिकारको दुरुपयोग भएको दावी गरे । ‘के निर्णय हुन्छ भन्ने एउटा महत्वपूर्ण विषय हो । त्यो भन्दा पनि महत्वपूर्ण कसरी निर्णय हुन्छ भन्ने हो । आज सही निर्णय गरिएको आडमा प्रक्रिया अनुसार नहुँदा भोली अनेकौं गलत निर्णय हुनसक्छन्’ – भुसालले भने ।
नागरिकबाट

Logo