प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध- विप्लव

प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध- विप्लव

केन्द्रबिन्दु
0
Shares

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ।

शनिबार राति एक विज्ञप्ति जारी गर्दै पार्टीले प्रतिबन्ध नहटाए, पार्टी नेता/कार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिइएको छ ।

केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख गर्दै सरकारलाई साथमा लिएर गर्ने प्रतिरोधको परिणामको परिणामको जिम्मेवार सरकार हुने चेतावनी पनि विप्लवले दिएका छन्। /

‘यदी केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध शशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दछौं हामीलाई बाध्य नपारियोस्,’  बिज्ञप्तिमा भनिएको छ ।

Logo