काठमाडौं
नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ । पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन् ।
पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राई लगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन् । यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष÷अप्रत्यक्ष सम्पर्कमा छन् ।
वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो ।
सरकारले २८ फागुनमा चन्द नेतृत्वको पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुदर्शन), पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त), केन्द्रीय सदस्यहरू वसन्त श्रेष्ठ (प्रज्ज्वलन), बन्धु चन्द लगायत सयौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया