झापा
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्ने भएको छ । कांग्रेस झापा क्षेत्र नम्बर ७ (हालको ५) को पार्टी कार्यालय उद्घाटनसँगै शक्ति प्रदर्शन कार्यक्रममा सभापति शेरबहादुर देउवासहित शीर्ष नेता दमक आउने भएका हुन् ।
सोमबार हुने कार्यक्रममा सभापति देउवासहित उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायत आउने क्षेत्रीय समितिले जनाएको छ । शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिले कांग्रेसले शक्ति प्रदर्शन गर्ने जनाएको हो ।
‘सरकारको गलत प्रवृत्तिको विरुद्धमा हामी शक्ति प्रदर्शन पनि गर्छौं’, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले भने, ‘करिब चार हजार कार्यकर्ता उतार्ने हाम्रो लक्ष्य छ ।’ सरकारका गलत गतिविधिको विरोधका लागि पनि ओलीकै गृहनगरमा कार्यक्रम गर्न लागिएको महासमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले जानकारी दिइन् ।
‘यो कार्यक्रम ओलीको वडा अर्थात् दमक ५ मै गर्छौं’, उनले भनिन्, ‘यो कार्यक्रमले सरकारको गलत गतिविधिको विरोधमा थप सघाउ पुग्नेछ ।’
नागरिकबाट





























प्रतिक्रिया