चट्याङबाट बर्सेनि सयको मृत्यु, पूर्वानुमानको संयन्त्र छैन

चट्याङबाट बर्सेनि सयको मृत्यु, पूर्वानुमानको संयन्त्र छैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा चट्याङबाट बर्सेनि सय भन्दा बढी मर्ने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।

गृह मन्त्रालय अन्तर्गत रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गतवर्ष मात्रै १०५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए ।

२८४ जना घाइते भएका थिए । चट्याङ चैत, वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने सरोकारवाला बताउँछन् ।

चट्याङबाट बर्सेनि सयभन्दा बढी मानिस मर्ने र ३ सयको हाराहारीमा घाइते हुन्छन् तर यसको रोकथामबारे सरकारी निकायको कुनै ध्यान पुग्न सकेको छैन । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकतामा राख्न नसकेको चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा बताउँछन् ।

‘हामीले लामो समयदेखि नेपालमा बढी मात्रामा चट्याङ पर्नुको कारण खोजी गरिरहेका छौं, अनुसन्धान भइरहेको छ,’ शर्माले भने, ‘त्यसबाहेक सरकारी निकायसँग समन्वय गरेर पनि काम गरिरहेका छौं तर गृह मन्त्रालयले भने यस विषयमा खासै ध्यान दिएको छैन ।’ चट्याङबाट हुने क्षति कम गर्न मौसम पूर्वानुमान संयन्त्र भए जस्तै चट्याङ पूर्वानुमान संयन्त्र बनाउन सकिने उनको धारणा छ ।

‘चट्याङ भनेको प्राकृतिक कुरा हो कतिबेला पर्छ भन्न सकिँदैन, त्यसैले अब घरघरमा चट्याङबाट बच्ने संयन्त्र जडान गर्ने योजनामा हामी छौं,’ गृह सचिव प्रेमकुमार राईले भने, ‘अहिले बनिरहेको नयाँ घरमा त भई नै हाल्छन्, पुरानामा पनि त्यस्ता संयन्त्र राख्ने तयारीमा छौं, कार्ययोजना बन्दैछ ।’
राजधानीबाट

Logo