संसदीय सुनुवाई समितिले सर्वोच्च अदातलको स्थायी न्यायाधीशका लागि प्रस्तावित पाँचै जनाको नाम अनुमोदन गरेको छ। बिहिबार सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
अनुमोदन हुनेमा प्रकाशकुमार ढुङ्गाना, शुस्मालता माथेमा , हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मा रहेका छन् । न्याय परिषदले सर्वोच्चको स्थायी न्यायाधीशका लागि ५ जनाको नाम सिफारिस गरेको थियो।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने छिन्। सिफारिस भएकामध्ये ढुङ्गाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश हुन भने फुयाँल रेग्मी र शर्मा कानुन व्यवसायी हुन्। फुयाँल नेकपा र रेग्मी नेपाली काँग्रेस कोटाबाट सिफारिस भएका थिए ।





























प्रतिक्रिया