नवलपरासीको कावासोतीमा बम विस्फोट भएको छ ।शक्तिशाली बम बिस्फोट भएको प्रहरीले आंकलन गरेको छ।
ठूलो आवाजका साथ बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका छन्। बम जंगलमा बिस्फोट भएकाले कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ।
विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका दिन विहानदेखि नै मुलुकका विभिन्न ठाउँहरुमा बम बिस्फोट भएको छ । धेरै जसो ठाउँमा नेपाली सेनाले बम डिस्पोज गरेका छन्।





























प्रतिक्रिया