बम भनेर डिस्पोज गर्न लाग्दा भात भेटिएपछि…

बम भनेर डिस्पोज गर्न लाग्दा भात भेटिएपछि…

केन्द्रबिन्दु
0
Shares

मोरङको सुन्दरहरैचा नगरपालिकामा राखिएको ‘प्रेसरकुकर बम’ डिस्पोज गर्न लाग्दा कुकरभित्र भात भेटिएको छ।

प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन बेलगाछीमा नक्कली कुकर बम फेला परेको हो । बम राखिएको हल्ला फ़ैलिएपछि स्थानीयबासीहरु त्रसित भएका थिए भने पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयएको थियो।

तर, नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र भात भेटिएको हो  । कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो ।

Logo