पूर्व सभासद तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य बीपी यादव पक्राउ परेका छन् । सरकारी छाप किर्ते गरेको आरोपमा यादव पक्राउ परेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।
उनी यस अघि रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए ।





























प्रतिक्रिया