निगमको जहाजमा चरा ठोक्कियो

निगमको जहाजमा चरा ठोक्कियो

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमको जहाज अवतरणका क्रममा चरा ठोक्किएको छ ।

मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आएको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । बिहान साढे ९ बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्रामा चरा ठोक्किएको हो ।

जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ ।

Logo