वरिष्ठ पत्रकार श्रेष्ठलाई श्रद्धाञ्जली दिन संचारमन्त्रीदेखि पूर्वमन्त्रीसम्म पुगे

वरिष्ठ पत्रकार श्रेष्ठलाई श्रद्धाञ्जली दिन संचारमन्त्रीदेखि पूर्वमन्त्रीसम्म पुगे

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँको भूगोलपार्कमा राखिएको छ।

श्रद्धाञ्जली दिनका लागि सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा,नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, काठमाडौँ महानगरपालिकाका मेयर बिद्या सुन्दर शक्य, नयाँ शक्तिकी नेतृ हिसिला यमी, पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट लगायत  भूगोलपार्क पुगेका छन्। श्रद्धाञ्जली दिन जानेहरुमा सर्वसाधारण र पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको छ। श्रेष्ठको आजै अन्तिम सस्कार हुदैंछ।

पाँच महिनादेखि बिरामी रहेका श्रेष्ठको बुधबार विहान ६० वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । भारतको मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गराई काठमाडौँ ल्याइएको थियो । नेपाली पत्रकारिता जगतमा श्रेष्ठको महत्वपूर्ण योगदान छ।

 

 

 

Logo