चितवन
चितवनमा रहेका निजी विद्यालयले आगामी शैक्षिक सत्रदेखि शुल्क वृद्धिको तयारी गरेका छन् । हरेक निजी विद्यालयले स्थानीय तहमा शुल्क वृद्धिको प्रस्ताव पेस गरेसँगै बढाउने तयारी देखिएको हो ।
स्थानीय तहमा प्रस्ताव भएको शुल्क विवरण हेर्दा १० देखि १२० प्रतिशतसम्म वृद्धि प्रस्ताव पेस भएका छन् । नयाँ शैक्षिक सत्रबाट सबैभन्दा कम एसओएस बालग्रामले १० प्रतिशत र स्मल हेभन स्कुलले १२० प्रतिशत शुल्क वृद्धिको प्रस्ताव राखेका छन् । धेरैजसो विद्यालयको ४० प्रतिशतसम्म शुल्क वृद्धि प्रस्ताव रहेको छ ।
विद्यालयमा धमाधम विद्यार्थी भर्ना गर्ने क्रम चलिरहेका बेला चितवनका निजी विद्यालयले शुल्क बढाएर भर्ना लिन खोजिरहेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन चितवनले अहिलेको महँगी अनुसार शुल्क समायोजन गर्नुपर्ने आवाज उठाएको छ । प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले तीन वर्ष अघि देखि शुल्क वृद्धि नभएको र महँगी बढ्दै गएकाले शुल्क वृद्धि गर्नु आवश्यक रहेको बताए ।
भरतपुर महानगरपालिकामा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण मापदण्ड निर्देशिका बनेको र सोही निर्देशिका अनुसार जिल्लाका निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारणको प्रक्रिया अघि बढेको अध्यक्ष चापागाईंले बताए ।
राजधानीबाट





























प्रतिक्रिया