काठमाडौं
बाजुरामा आज बिहानै भूकम्प गएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रबिन्दु बनाएर बाजुरामा भूकम्प गएको हो ।
आज बिहान ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले जिल्लामा कुनै क्षति भने भएको छैन । सुतिरहेको समयमा एक्कासि भूकम्प गएपछि जिल्लावासी त्रसित बनेका थिए ।





























प्रतिक्रिया