आन्दोलनरत सरकारी चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् ।
सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने माग राख्दै देशभरको ओपीडी सेवा बहिष्कार गरेका थिए ।
चिकित्कस संघका उपाध्यक्ष डाक्टर नविन पोखरेलले १५ दिनसम्म पनि माग सम्बोधन नभए थप आन्दोलनको घोषणा गर्ने बताए ।































प्रतिक्रिया