जहाज दुर्घटना: मृतकको संख्या ३ पुग्यो, पाइलटको अबस्था गम्भीर

जहाज दुर्घटना: मृतकको संख्या ३ पुग्यो, पाइलटको अबस्था गम्भीर


सोलुखुम्बुको  तेञ्जिङ हिलारी बिमानस्थलमा भएको जहाज दुर्घटनामा मृतकको संख्या ३  पुगेको छ ।

काठमाडौँ ल्याउने क्रममा असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो । त्रिभुवन विमानस्थलका प्रवता प्रतापबाबु तिवारीले जहाजका क्याप्टेन रवीन्द्र रोकायाको अबस्था गम्भीर रहेको र एयर हाेस्टेज आर लामाको अबस्था सामान्य रहेको जानकारी दिए।  उनीहरुलाई काठमाडौँ ल्याइएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले उड्न लागेको समिट एयरको बिमान पार्किङ गरि राखिएको हेलिकप्टरसंग  ठेक्किएर दुर्घट्ना भएको पुष्टि गरे । बिमान ठोक्किए लगत्तै आगो लागेको थियो । जहाज मनाङ र श्री एयरका हेलिकप्टरसित ठोक्किएको हो। जहाजको ठक्करले दुवै हेलिकप्टर पनि क्षतिग्रस्त भएको छ ।

Logo