काठमाडौं
बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ । ललितानिवासको जग्गा हिनामिना सम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्य बराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो ।
२०४६ सालमा पञ्चायती व्यवस्था ढलेसँगै मालपोत, भूमिसुधार र नापी कार्यालयका कर्मचारी तथा भूमाफिया मिलेर काठमाडौं नगर क्षेत्रमा पर्ने एक हजार आठ सय ५९ रोपनी १४ आना तीन पैसा तीन दाम जग्गा कब्जा गरेको सरकारबाटै गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन आयोगले प्रतिवेदन २३ वर्षअघि यस्तो प्रतिवेदन दिएको थियो । २०४९ सालमा तत्कालीन भोगाधिकारी र त्यसपछि पटक–पटक विवादास्पद निर्णय गराएर माफिया, व्यापारी र मालपोतका कर्मचारीको मिलेमतोमा हडपिएको ललितानिवासको जग्गा फिर्ता तथा जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइसकेको छ ।
पञ्चायती व्यवस्था अन्त्यसँगै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको नेतृत्वमा गठन भएका तीन वटा सरकारका पालामा भूमाफिया र कर्मचारीले मन्त्रिपरिषद्को निर्णयलाई गलत व्याख्या गरेर अर्बौं रूपैयाँ पर्ने सरकारी जग्गा हडपेको पाइएको हो । सरकारी जग्गा हिनामिना भएको भेटिएपछि २०५२ सालमा रामबहादुर रावलको अध्यक्षतामा ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरिएको थियो । सोही आयोगको प्रतिवेदनमा काठमाडौं नगर क्षेत्रबाट एक हजार आठ सय ५९ रोपनी १४ आना तीन पैसा तीन दाम जग्गा माफियाले कब्जा गरिसकेको उल्लेख छ ।
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको नेतृत्वमा गठन भएका तीनटा सरकारका पालामा भूमाफियाले काठमाडौं नगर क्षेत्रभित्रको एक हजार आठ सय ५९ रोपनी १४ आना सरकारी र सार्वजनिक जग्गा हडपेको रावल आयोगको प्रतिवेदनमा उल्लेख छ ।
नागरिकबाट





























प्रतिक्रिया