सुनसरीको धरानमा शुक्रबार राति सवारी दुर्घटना भएको छ। धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरीका अनील श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र ठेगाना नखुलेका मदन लिम्बु रहेका छन् ।
बा २० च ४०७६ नं. को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किन पुगेको हो ।





























प्रतिक्रिया