४२ किलोको खुकुरी, पैसा तिरेर फोटो खिचाउन पाउने

४२ किलोको खुकुरी, पैसा तिरेर फोटो खिचाउन पाउने

केन्द्रबिन्दु
0
Shares

बागलुङ
खुकुरी हेर्न पनि पैसा, सुन्दा अनौठो लाग्न सक्छ । तर जिल्लाको पश्चिम क्षेत्रमा बसोबास गर्ने एक व्यक्तिले बनाएको आकर्षक खुकुरी पैसा तिरेरै हेर्ने र फोटो खिच्नेको घुइँचो लागेको छ ।

बाग्लुङ र गुल्मीका विभिन्न स्थानमा लगाइने मेला महोत्सवमा खुकुरी विशेष आकर्षण बन्ने गरेको छ । बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवति मन्दिर परिसरमा आयोजित परम्परागत चैत्राष्टमी मेलामा जिल्लाको ढोरपाटन नगरपालिकाको अधिकारचौर घर भएका मनबहादुर श्रीपालीले निर्माण गरेको खुकुरी धेरैको आकर्षण बनेको छ ।

४२ किलोको खुकुरीको विक्री मुल्य १ लाख ११ हजार १११ छ भने अर्को २२ किलोको खुकुरीको मुल्य ९९ हजार ९९९ छ । खुकुरी हेरेर फोटो खिचाएको एक व्यक्तिबाट २० रुपैयाँ लिने गरेको श्रीपालीले बताए । उनलाई खुकुरी प्रदर्शनीमा राख्नका लागि घरेलु तथा साना उद्योग कार्यालयले निःशुल्क स्टल उपलब्ध गराएको छ ।
अन्नपूर्णबाट

Logo