काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार निरंकुश बन्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित १० राजनीतिक दल एक ठाउँमा उभिएका छन् ।
यी दश राजनीतिक दलको विद्यार्थी संघले आफ्ना माउ पार्टीलाई एक ठाउँमा ल्याएको हो । केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षा विपरीत गएको भन्दै आन्दोलनका निम्ति पार्टीलाई एक ठाउँ ल्याउनुपर्ने बाध्यता भएको विद्यार्थी नेताहरू बताउँछन् ।
सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कोपाल किराँती नेतृत्वको नेकपा माओवादी, नेकपा माले, विप्लव नेतृत्वको नेकपा र चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी एकता केन्द्र एक ठाउँमा उभिएका हुन् ।
यी सबै राजनीतिक दलका विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै आफ्नो माउ पार्टीका शीर्ष नेतालाई एक ठाउँमा उभ्याएका हुन् । १० वटा पार्टीको भ्रातृ संगठनसँग जनजाति विद्यार्थीहरूको जातीय संस्था जनजाति विद्यार्थी महासंघ पनि जोडिएको छ ।
कार्यक्रमसँगै अब सरकारविरोधी आन्दोलनका लागि पार्टीलाई एक बनाउने कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसँगका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले बताए । ‘हरेक आन्दोलनमा सुरुमा विद्यार्थीले नै नेतृत्व गर्दै आएको इतिहास हामीसँग छ’, उनले भने, ‘दुई तिहाईको बलियो सरकारको दम्भका विरुद्ध आन्दोलन गर्नुपर्छ । त्यसको सुरुवात हामीले गरेका हौं।’
नागरिकबाट





























प्रतिक्रिया