चरिकोट । दोलखामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिरी नगरपालिका–१, श्यामाको ढुङ्गेमा ४५ वर्षीया श्रीमती फुर्लमु शेर्पाले चिर्पटले हिर्काएर ५९ वर्षीय श्रीमान निमातेञ्जी शेर्पाको हत्या गरेकी हुन् ।
बुधबार राति आपसमा झगडा हुँदा श्रीमतीले चिर्पट प्रहार गरेकी थिईन् । मृतक निमातेञ्जी निधारमा गहिरो चोट लागेको र उनको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको थियो । घटना बुधबार राति घटेको भए पनि श्रीमानको हत्या गरेकी फुर्लमु भने केही नभएझैं गरी मेलापात गर्न निस्किएकी थिईन् । छोरा घर पुगेपछि मात्र घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिए।
घटना सार्वजनिक भएलगत्तै प्रहरीले श्रीमती फुर्लमुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । मदिरा सेवन गरेर घर गएका निमातेञ्जीसँग श्रीमती फुर्लमु शेर्पाले झगडा गरेकी थिईन् ।





























प्रतिक्रिया