बिस्केट जात्रा : भैरवनाथको रथमा क्षति, तीन जना घाइते

बिस्केट जात्रा : भैरवनाथको रथमा क्षति, तीन जना घाइते

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्राका लागि बनाइएको भैरवनाथको रथ क्षतिग्रस्त भएको छ ।

मानिसको चाप र आसपासका घरमा ठोक्किँदा तीन तले रथको बीच भाग र गजुरमा क्षति पुगेको हो । तौमढी दरबार क्षेत्रको भैरवनाथ मन्दिर अगाडि निर्माण भएको प्यागोडा शैलीको रथलाई जात्रालुले ‘होस्टे…हैँसे…हाहाहा’ भन्दै दरबार क्षेत्रको तल्लो र माथिल्लो टोलसम्म परिक्रमा गराएका थिए ।

पहिलो दिन बुधबार साँझबाट राति एक बजेसम्म जात्रालुले रथ गुडाएका थिए । बजार परिक्रमापछि पहिलो दिन नै रथ गःहिटीमा लगेर स्थगन गर्ने चलन भए पनि क्षतिग्रस्त भएपछि बिहीबार बिहान मात्रै पु¥याइएको छ । रथका तलैपिच्छे मानिसहरू झुन्डिने, बस्ने र अघिपछि दुवैतिरबाट तान्ने भएकाले खाल्डाखुल्डी भएको सडकमा गुडाउने क्रममा आसपासमा घरमा ठोक्किएर क्षति पुगेको गुठी संस्थानका प्रमुख हरि सुवेदीले बताए ।

यसैविच पहिलो दिनको रथ तान्ने क्रममा तीन जना घाइते भएका छन् । रथ तान्ने क्रममा तीन जना जात्रालु सामान्य घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलले बताए । घाइतेहरू सामान्य उपचारपछि घर फर्किएको उनले जानकारी दिए । जात्रा भने शान्तिपूर्ण रूपमा चलिरहेको उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo