काठमाडौं
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएका खेलमा विभागीय टोलीको वर्चश्व देखिएका छ । प्रदेश ५ मा भइरहेका खेलमा विभागीय टोलीको वर्चश्व देखिएको हो ।
प्रतियोगिता अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोस्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ । प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो ।
टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले पराजित गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रूपमा तेस्रो भए ।
दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेस्रो बने ।
नागरिकबाट





























प्रतिक्रिया