धनगढी
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई सघाएको आरोपमा प्रहरीले चार महिने शिशु सहित एक महिलालाई पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–५ की सीता देउकरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले केही दिन पहिले कैलालीमा भएको बस आगजनीमा सीताको देवर रुपलाल देउकरको संलग्नता रहेको र उनलाई लुकाउन सघाएकाले पक्राउ गरेको बताए ।
सीताका अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर–भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिइएको जनाएको छ ।
सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई प्रहरीले पक्राउ गरेको थियो । विप्लव समूहले भने विप्लवको कार्यकर्तालाई सघाएकै भरमा महिलालाई पक्राउ गरेको आरोप लगाएको छ ।
हिरासतमा रहेका देवर रुपलाल देउकरबारे सामान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया