सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज, चल-अचल सम्पत्ति प्रदेश सरकारलाई

सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज, चल-अचल सम्पत्ति प्रदेश सरकारलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । यो हप्ताको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिए ।

क्षेत्रीय प्रशासन कार्यालयको चलअचल सम्पत्ति र अभिलेखहरु सम्बन्धित प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयलाई दिईएको छ । पाँच विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालयको खारेज भएका हुन् । पुर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा थियो ।

त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रको हेटौंडा, पश्चिमाञ्चल विकास क्षेत्रको पोखरा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सुर्खेत र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कार्यालय दिपायलमा थियो । ति सबै कार्यालयहरु खारेज गर्ने निर्णय गरिएको प्रवक्ता बास्कोँटाले जानकारी दिए ।

Skip This
Skip This
Logo