अपडेटः जीप दुर्घटनामा पूर्व सांसदसहित ३ जनाको मृत्यु

अपडेटः जीप दुर्घटनामा पूर्व सांसदसहित ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा मर्नेको संख्या तीन जना पुगेको छ । मुसिकोट नगरपालिका-१ पौदी अमराइमा बिहिबार बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । भने ७ जना घाइते भएका छन्।

दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भन्डारी, १३ वर्षीय बालक ओस्कार विक र कौशिला थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते पुरीको उपचार गराउन लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा नम्बर १ का अध्यक्ष पूर्णबहादुर हितानले जानकारी दिए । त्यस्तैगरी अन्य ७ जना घाइतेको वामीस्थित लुम्बिनी वामी हस्पिटलमा उपचार भैरहेको छ। घाइते हुनेमा मालिका गाउँपालिका-२ का एकै परिवारका चारजना घाइते भएका थिए।

३२ वर्षीय सूर्यबहादुर थापा,३ वर्षीया कृतिमा थापा,५ वर्षीय जेनिस थापाको अस्पतालमा उपचार भइरहेको छ। यसैगरी १८ वर्षीय नरेन्द्र श्रीष, मुसिकोट नगरपालिका-१ का ४० वर्षीय भोजबहादुर भटराई र सोही ठाउँकी ३८ वर्षीया रिमा भट्टराई र चालक कमल पुरीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । सडक बिग्रिएपछि अर्को सडकबाट जाने क्रममा मोड काट्न नसकेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Logo