खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी

खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठी समेत बुझेका छैनन् ।

संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ । मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर्मचारीले भने चिठी नबुझी समायोजन परिमार्जन गर्न मन्त्रालयसँग गुनासो राखेका छन् ।

गुनासो राख्दै मन्त्रालयमा निवेदन दिने कर्मचारीमध्ये धेरैजसोले समायोजनको चिठी नबुझेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जायज गुनासोे मात्रै सम्बोधन गर्ने नीति बनाएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयमा आएका गुुनासो मध्ये धेरैजसो गुनासो असान्दार्भिक र नाजायज रहेको दाबी गरे । उनले भने, ‘जायज गुनासो सम्बोधन हुन्छ तर नाजायाजको सम्बोधन हुन सक्दैन,’ उनले थपे, ‘अब म सबै गुनासोबारे अध्यन गर्छु । मनको बह मात्र खोज्नेहरूका लागि भने केही गर्न सकिन्न ।’

उनले खटाएको ठाउँमा नजाने कर्मचारी बखास्त गर्ने चेतावनी दिए । ‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ । नजाने कर्मचारीले जागिर छाड्नु पर्छ,’ उनले भने ।
नागरिकबाट

Logo