काभ्रेमा आज १३ जना संक्रमित थपिए, १० निको भए

काभ्रेमा आज १३ जना संक्रमित थपिए, १० निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज १३ जना संक्रमित थपिएका छन् । आज १० जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १०२ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ३, बनेपाका ६, मण्डनदेउपुरका १, महाभारतका १ र पनौतीका २ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय १०२ पुगेको छ । निको हुनेको संख्या २८ सय ७५ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय ८८ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३९ पुरुष र १४ महिला गरी ५३ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९२ हजार ३०७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ३९५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार २४८ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १४ हजार ९५० पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ जना पुगेको छ । आज १ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २७१ रहेको छ ।

आजको पिसिआर परीक्षण ७ हजार ४१४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख २० हजार ६१८ रहेको छ । आज १२ हजार १४८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo