काभ्रे पुगेर देउवाले भने – ‘ उखान टुक्काले देश बन्दैन ’

काभ्रे पुगेर देउवाले भने – ‘ उखान टुक्काले देश बन्दैन ’

केन्द्रबिन्दु
0
Shares

काभ्रे

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उखान टुक्काले देश नबन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्का मात्र भन्ने गरेकाले उनले देश उखान टुक्काले मात्र नबन्ने बताएका हुन् ।

कांग्रेस काभ्रेको क्षेत्र नं. १ को पार्टी भवन शिलान्यास तथा कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको बृहत आमसभामा बुधबार पूर्व प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् । देशमा नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढेको देउवाले बताए । सरकार बलात्कार र हत्यारालाई जोगाउने काममा लागेको आरोप पनि उनले लगाएका छन् ।

‘सरकार नयाँ नयाँ विधेयक ल्याई प्रजातन्त्र र गणतन्त्रलाई कमजोर तुल्याउने काममा लागेको छ,’ उनले भने, ‘जनता, पत्रकार लगायत सबैको अधिकार खोस्न लागि परेको छ ।’

देउवाले पार्टी एक बन्नु बाहेक अरु बिकल्प नरहेको उल्लेख गर्दै पार्टी कुनैपनि हालतमा एक ढिक्का भएरै जानुपर्ने बताए । पार्टीका महामन्त्री कृष्ण सिटौलालाई इंगित गर्दै सबैले सहयोग गरे पार्टी एक बनाउने उनले बताए । ‘पार्टी एक गर्छु त्यसका लागि साथीहरूले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘सरकारको प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी एक भएर लाग्नुपर्छ, पार्टी एक हुन्छ, हुन्छ ।’
नयाँ पत्रिकाबाट

Logo