प्रदेश–१ मा थपियो ४ दिन सार्वजनिक विदा

प्रदेश–१ मा थपियो ४ दिन सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

मोरङ

प्रदेश–१ सरकारले चार दिन थप सार्वजनिक विदा दिने भएको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा दिने निर्णय गरेको हो ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले २०७६ सालमा जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पर्वमा सार्बजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेस गरेको प्रदेश पात्रो स्वीकृत गर्दै बृहत्तर विराट विकास क्षेत्र सम्बन्धकमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदमा पेस गर्न स्वीकृति पनि प्रदान गरेको छ ।

बैठकले प्रदेश सरकारको राजपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ । प्रदेश राजपत्रमा प्रदेश सरकार तथा स्थानीय तहहरुको निर्णयहरु प्रकाशन गर्नेछ । राजपत्र प्रकाशनको काम तत्काल सुरु गर्ने मन्त्री कार्कीले जानकारी दिए । राजपत्र प्रकाशनका लागि सरकारले छुट्टै प्रेस स्थापना गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo