भीमदत्त नगरले दियो नगरबासीलाई तरकारी खेती सम्बन्धी तालिम

भीमदत्त नगरले दियो नगरबासीलाई तरकारी खेती सम्बन्धी तालिम

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १५ मा मौसमी तथा बेमौसी तरकारी खेती सम्बन्धी दुई तालिम सुरु भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले तालिम उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दैै नगर प्रमुख विष्टले दुई दिने तालिमबाट किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान सीप र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

नगरपालिकाले भीमदत्तलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन किसानलाई तालिम, अनुदान, पकेट क्षेत्र निर्धारण लगायतका कार्यक्रम गरिएको बताए । ‘भारतबाट तरकारी आयात हुन्छ, त्यसलाई रोक्न सके पनि तरकारीमा आत्मनिर्भर हुन्छौ, भीमदत्त नगरपालिका तरकारीमा आत्मनिर्भर हुने लक्ष्यका साथ अघि बढेको छ’ उनले भने,‘ किसानको सीप क्षमता विकास गर्ने, कृषि प्रविधि प्रयोग गरी कृषिलाई आधुनिक व्यवसायिक चाहन्छौ’ उनले भने ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा तरकारी र फलफूल पकेट क्षेत्र निर्धारण गरी नगर सभाबाट बजेट विनियोजन गरिएको छ ।
भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहुको सभापतित्वमा गरिएको कार्यक्रममा भीनपाका प्रशासकीय अधिकृत हरि सिह धामी, कृषक समितिका अध्यक्ष कृष्णदत्त भट्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका सदस्य प्रेम सिह भाट लगायतका सहभागी भएका छन् ।

तालिममा कृषक समूह र अगुवा किसान सहभागी छन् । तालिममा सहभागीहरुलाई समापन कार्यक्रममा कृषि औजार वितरण गरिने कार्यक्रम रहेको वडा अध्यक्ष शाहुले बताए ।

Logo