रौतहट । हावाहुरीले रौतहटमा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट देवाही गोनाही नगरपालिका ३ मा ६० वर्षीया रामसखी देवी चमइनको मृत्यु भएको हो । हावाहुरीले घरको छाना उडाउँदा टाली खसेर चोट लागेर उनको मृत्यु भएको हो ।
प्रहरीले भने उनको मृत्यु हावाहुरीबाट नभए पानीमा भिजेर चिसो हुँदा भनेको छ । रौतहटका एसपी भुपेन्द्र खत्रीले हावाहुरीबाट वृद्धाको मृत्यु संयोग मात्रै भएको बताए । घरको छाना उडाएपछि पानीमा भिजेर चिसो भई मृत्यु भएको हुनसक्ने उनले बताए ।
हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ । वृन्दावन नगरपालिकाको खैरा र रमौली वैरियामा पनि हावाहुरीले क्षति पुर्याएको छ ।
देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतका क्षेत्रमा क्षति पुगेको प्रहरीले जनाएको छ । यसअघि चैत्र १७ गते बारा र पर्सामा विनाशकारी हावाहरी आउँदा २८ जनाको ज्यान गएको थियो ।
File Photo





























प्रतिक्रिया